जापानमा आँधीसँगै भूकम्प, १ को मृत्यु, ४ बेपत्ता

असोज २६, एजेन्सी । जापानको चिबा प्रान्तमा शनिबार आँधी तुफान आउँदा जन धनको क्षति पुगेको छ । आँधीका कारण एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन्। आँधीका कारण भौतिक संरचनाहरुमा समेत क्षति पुगेको त्यहाँस्थित संञ्चारमाध्यमहरुले जनाएका छन् ।   

सञ्चारमाध्यमका अनुसार चिबामा आँधीले गाडी पल्टाउँदा गाडीमा रहेका एक ५० वर्षीया पुरुषको च्यापिएर मृत्यु भएको थियो भने सिजोउमा आँधीकै कारण ४ जना बेपत्ता छन् भने ५० जना घाइते भएका छन्। जापानीज सञ्चारमाध्यमका अनुसार जापानको शिजुओका, कानागावा, टोकियो, सैतामा, गुन्मा, यामानशी र नागानो प्रान्त लगायतका ठाउँहरूमा सतर्कता अपनाउन भनिएको छ ।   

शनिबार नै चिबालाई केन्द्रविन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्पसमेत गएको छ। सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार ६ बजेर २२ मिनेटमा गएको थियो । भूकम्पका कारण ठूलो जनधनको क्षेति भने भएका छैनन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *