भारतबाट अवैधरुपमा भित्र्याइएका पटका प्रहरीको नियन्त्रणमा

कातिक ५, विराटनगर । भारतबाट अवैधरुपमा भित्रिएको पटका जिल्ला प्रहरी कार्यलय मोरङले बरामद गरेको छ । रंगेली नगरपालिका ४ स्थित बेतौना दक्षिण पचसाङ खोलाको बाटो हुँदै अवैध रुपमा नेपाल ल्याईँदै गरेको ४ बोरा अर्थात ५२ बण्डल पटका मोरङ प्रहरीले बरामद गरेको हो ।   

बरामद गरिएका पटका करिब २ लाख २० हजार मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए ।   

त्यसैगरी मोरङ रंगेली नगरपालिका ४ मा पनि भारतबाट अवैधरुपमा नेपालतर्फ  ल्याउँदै गरेको प्रज्वलनशील पदार्थ बरामद गरेको छ । प्रहरीका अनुसार झिरझिरे पटका १० बन्डल र फुलझरी पटका ६ बन्डल गरी करिब ४ हजार बराबरको पटका इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएका प्रहरी टोलीले बरामद गरेको छ ।   

null

त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएका प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ र १६ वडाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याएको नागिन पटका, कोब्रा पटका, चकलेट बम, फुलझरी लगायतका अन्य विभिन्न किसिमका प्रज्वलनशील पदार्थ नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *