अपडेटः मुसिकोटमा जिप दुर्घटना हुँदा दुईको घटनास्थल मै मृत्यु

कात्तिक १३, काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा भरखरै जिप दुर्घटना हुँदा २ जनाको दुर्घटनास्थल मै निधन भएको छ । लु १ च ३५१४ नं. काे जीप सोही नगरपालिकाको पाडथाेकबाट ददल्का जाँदै गरेको अवस्थामा दुर्घटनामा परेकाे हाे । 

मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् । पुरुषको नाम रामप्रसाद खराल रहेको छ, महिलाको परिचय खुल्न सकेको छैन ।  जिपमा ६ जना सवार रहेको जानकारी आएको छ । जिप लामखरियाबाट करिब २००मिटर तल न्याखोलामा खसेको हो । 

जिप चालक ज्ञान बहादुर बिक भेटिएका छैनन् । थप विवरण आउन बाँकी ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *