विश्व सैनिक खेलकूदः नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित

कात्तिक ७, काठमाडौँ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत बुधबार भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ ।   

पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन् ।   

त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठले जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र होे चोल युलाई हराएका हुन् । तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले कोरियाका खेलाडीलाई पराजित गरेका हुन् । मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ ।   

null

बुधबार नै भएको ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन् । इन्टरनेशल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने ल्याउन सकेनन् ।   

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सीआईएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो ।   

उक्त प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *