ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु

असोज २७, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु भएको छ भने १५ जना भन्दा धेरै घाइते भएका छन् ।     

मोहम्दाबादको बलिदपुर गाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा १० जनाको मृत्यु भएको हो । विस्फोटमा घर भत्किँदा एक दर्जन भन्दा बढी मानिसहरु पुरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।   

प्राप्त जानकारी अनुसार एक घरमा रसोई ग्यासको सिलिण्डर विष्फोट भयो । विस्फोट हुँदा अचानक घर भत्किएपछि परिवारका सबै सदस्यको मृत्यु भएको छ ।   

भवन भत्किँदा च्यापिएका मानिसहरुलाई निकाल्ने प्रयास भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *