पेस्तोल, १३ राउण्ड गोली र १२ हजार क्याप्सुल लागुऔषधसहित युवक पक्राउ

असोज २७, धरान । सुनसरीमा प्रहरीले पेस्तोल, १३ राउण्ड गोली र १२ हजार क्याप्सुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ स्थायी घर भइ हाल धरान उपमहानगरपालिका–९ मा डेरा बस्दै आएका २३ वर्षीय निरज कुमार राउत रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।   

प्रहरीका अनुसार राउतले लागुऔषध बिक्री बितरण गर्दै गरेको भन्ने सूचनाको आधारमा उनको कोठा खानतलासी गर्ने क्रममा एक पेस्तोल, एक म्यागजीन, १३ राउण्ड गोली,  खैरो हिरोइन ७ ग्राम लगायत १२ हजार ९४४ क्याप्सुल अवैध लागुऔषध बरामद भएको छ ।   

Image result for arrested

लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, उमाशंकर प्रसाद गुप्ताको नामको भारतीय सवारी चालक अनुमतीपत्र १ थान, बिआर ५० के ४०५९ लेखिएको मोटरसाइकलको नम्बरप्लेट १ थान र मोबाइल २ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ।   

पक्राउ परेका राउतमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *