एभरेष्ट बैंकको रजत जयन्तिमा निःशुल्क स्वास्थ्य जाँचसँगै रक्तदान

काठमाडौं, १ कात्तिक । एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा लाजिम्पाटस्थित प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ । 

बैंकले उक्त अवसरमा रक्तदान, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो सञ्चालन गरेको छ ।   

समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति थियो । १ हजारभन्दा बढि मानिसहरुको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेको बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिक उत्सव मनाइएको छ । 

बैंकले ९४ शाखा कार्यलयहरु, ३० राजस्व संकलन केन्द्र, १२२ एटिएम तथा विश्वभरका करेश्पोन्डेटमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । बैंकलाई २०१९ मा न्यू बिजनेश एज) द्वारा वेस्ट मेनेज्ड कर्मसियल बैंक २०१९ को अवार्ड दिइएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *