फरवार्ड बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न (फाेटाे फिचर सहित)

असोज १६, सुनसरी । फरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । हिजो बुधबार १५ गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको भवनमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि पहिलो संविधान सभाका सदस्य शान्ति अधिकारी थिइन् । कार्यक्रमलाई संवोधन गर्दै अधिकारीले संस्थाले सहकारिताको माध्यमबाट यस क्षेत्रका विपन्न परिवारको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएकोमा प्रशंशा ब्यक्त गरिन् । उनले राज्यले गरिबी निवारण र मुलुकको विकासमा सहकाीलाई सँगसँगै लिएर जानुपर्ने औल्याइन् ।   

संस्थाका अध्यक्ष भगवती चौधरीले सहकारी संस्थाले दुहबी र आसपासका गाउँपालिकाका १६ सय २५ विपन्न परिवारका सदस्यलाई विगत १८ वर्षदेखि समेट्दै वित्तीय सेवा प्रदान गरिरहेको बताइन् । उनले सहकारले गरिबी निवारणका लागि गाउँगाउँमा छरिएर रहेका ससाना पुँजीलाई एकत्रित गरी राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिइन् । फरवार्ड सहकारीले महिलामा रहेको सिप र क्षमतालाई प्रस्फुटन गराउन र उनीहरुको जिवनस्तर उकास्न सहयोग पुर्याएको बताइन् ।   

उनले महिला दिदिबहिनीलाई संवोधन गर्दै आफ्नो आम्दानीलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्न आग्रह गरिन् । साथै आगामी दिनमा सहकारीमार्फत् संस्थाका शेयर सदस्य तथा र उनीहरुका परिवारका लागि आर्थिक उपार्जनलाई टेवा पुग्ने प्रकारका अन्य क्रियाकलाप पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।   

Image may contain: 6 people

कार्यक्रममा विशिष्ट अतिथि रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले फरवार्ड सहकारीको स्थापनादेखि स्थिरता दिनमा योगदान दिने पूर्व अध्यक्ष स्व.दिनेश चौधरीको योगदानको स्मरण गरे । उनले सहकारी संस्थाको नियमले सेवा दिन नमिल्ने शेयर सदस्यहरुलाई लघुवित्त वित्तीय संस्थाले नियम अनुसार रु.१० लाखसम्म धितो कर्जा दिने आश्वासन दिए । सभामा सञ्चालक सदस्य लक्ष्मीकृष्ण श्रेष्ठ, ऋण उपसमितिका संयोजक हिरा थन्दार, लेखा समितिका संयोजक करणकुमार चौधरी, सिद्धार्थ बैँक दुहबीका प्रमुख समीर चेम्जोङ लगायतले मन्तव्य राखेका थिए । 

   

संस्थाका सचिव श्यामचन्द्र चौधरीको तर्फबाट व्यवस्थापक ललिता चौधरी तथा कोषाध्यक्ष धीरेन्द्र माझीको तर्फबाट सहायक व्यवस्थापक सुरेशकुमार चौधरीले आ.व.२०७५/२०७६ को वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा उपस्थित शेयर सदस्यले सर्वसम्मत रुपमा उक्त प्रतिवेदन तथा आगामी वर्षको वार्षिक लक्ष्य पारित गरेको थियो ।   

सभामा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरी लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी विभिन्न सूचकका आधारमा शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । सचिव श्यामचन्द्र चौधरीका अनुसार आ.व.२०७५/२०७६ रु.२ करोड ५९ लाख ९९ हजार शेयर पुंजी भएको सहकारी संस्थाले शेयर सदस्यहरुलाई रु.१३ करोड २७ लाख कर्जा प्रवाह गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *