गायक रुद्रसेन बिश्वकर्माको ‘आयो है तिहार’ सार्वजनिक (भिडियोसहित)

कार्तिक ८, काठमाडौं । चर्चित गायक रुद्रसेन बिश्वकर्माको सुमधुर आवाजमा तिहार कोसेली ‘आयो है तिहार’ को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ । 

दर्जनौँ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्माको स्वरमा तिहारको शुभकामना तथा आशिष सहित बुढासुब्बा म्युजिक च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । 

शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माको नै रहेको यस गीतलाई मनोहर सुनामले एरेन्ज गरेका छन् । लिरिकल भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् ।   

सार्वजनिक गीतलाई निर कुमारी विश्वकर्मा (सबिना) ले निर्माण गरेकी हुन् ।   

हेर्नुहोस् भिडियोः   

https://youtu.be/dpYR7oYBUlI 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *