भ्रष्टाचारको भण्डाफोर गर्दै वीपी जयन्ती मनाउने तरुण दलको तयारी
२०७६ भदौ २२ गते

भदौ २२, काठमाडौं । नेपाल तरुण दल केन्द्रीय कार्यालयले देशभर १०६ औं वीपी जयन्ती भव्य रुपमा मनाउन सबैलाई निर्देशन दिएको छ ।
आफ्ना सबै जिल्ला कमिटि तथा विदेश साखा समितिलाई १०६ औं वीपी जयन्तीको अवसरमा देशभर भव्यरुपमा मनाउनको लागि सम्पूर्ण कमिटीका अध्यक्षहरुलाई परिपत्र पठाएको तरुण दलका महासचिव भुपेन्द्र जंग शाहिले जानकारी दिएका छन् ।
तरुण दलले भाद्र २४ गते वीपी जयन्तीमा वृक्षरोपण, फलफुल वितरण, सरसफाई लगायतका आवश्यकता अनुरुपका विभिन्न कार्यक्रम गर्नु भनि सम्पूर्ण जिल्ला समितिलाई निर्देशन दिएको छ ।

साथै “भ्रष्टाचार मुक्त नेपाल–सुशासन युक्त नेपाल” भन्ने मुल नाराका साथ सञ्चालन भईरहेको अभियान अन्र्तगत सम्पूर्ण जिल्ला, नगर, गाँउ, वडा सबै ठाँउमा देखिएको चरम भ्रष्टाचारको विरोध गर्दै भण्डाफोर अभियान समेत सञ्चालन गर्न आदेश दिएको छ ।
२०७६ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








