पथरीका पत्रकार प्रेम केडी भट्टराईमाथि कुटपिट

भदौ २६, काठमाडौँ । मोरङको पथरीका पत्रकार प्रेम केडी भट्टराईमाथि कुटपिट भएको छ ।   

‘डाँस मोरङगी सामुदायिक वनमा अध्यक्षको मनोमानी’ शिर्षकको समाचारलाई लिएर आफूमाथि हातपात भएको पत्रकार प्रेम केडीले जानकारी दिए ।   

‘कार्यालयबाट काम सकेर घर फर्कर्ने बेलामा साँझ दिपेन्द्र दाहाल र वनका अध्यक्ष जीवन कटुवालले हातले इसारा दिँदै होटलमा बोलाएर कुटपिट गरे’, उनले भने ।   

पत्रकार प्रेमले मोरङगको पथरीशनिश्चरे १० मा रहेको श्री डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष र पदाधिकारीको मनोमानी हुने गरेको क्रेजी साप्ताहिकको अनलाईनमा खुलाएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *