विश्वकै अग्लो टावरमा फहराइयो नेपाली झण्डा

असोज ४, युएई । संयुक्त अरब इमिरेट्स (युएई) स्थित विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ ।   

चौँथो संविधान दिवस २०७६ को अवसरमा पहिलो पटक युएईको स्थानीय समय अनुसार गत शुक्रबार साझ ९ः१० बजे बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको हो । सो टावर ८ सय २३ मिटर अग्लो छ ।   

आफूले जिम्मेवारी लिएदेखि युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यूएई सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गरेका थिए । उनकै प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको हो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 10 =