असोज २ गते सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

भदौ ३१, काठमाडौं । असोज २ गते  देशभरको सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ ।   

संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निः शुल्क दिने निर्णय गरेको हो ।   

‘बहिरंग (ओ.पी.डी) सेवाको टिकट निःशुल्क गरी सेवा प्रदान गर्नुहुन सम्पूर्ण सम्बन्धित संघीय अस्पतालहरु तथा स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरिन्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =