चलचित्र कबड्डी कबड्डी कबड्डीका टिम कलेज र स्कुलहरुमा

भाद्र ३, काठमाडाैँ ।  असोज ३ गतेबाट देशैभर प्रर्दशन हुन लागेको नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डीकाे टिम प्रचार प्रसारलाई तिब्र बनाउन विद्यालयमा हाजिरी जवाफ प्रतियोगीताको आयोजना गर्दे प्रचार प्रसारमा लगेका छन ।   

यसै क्रममा यो चलचित्रको निर्माण टिमका केही सदस्यहरु कलाकारहरु संगै धरानका स्कुल कलेजहरुमा पुगेको छ ।  शुक्रबार धरान १३ स्थित सैनिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगीत सम्पन्न गरेको छ ।   

जहाँ धरानका बिभिन्न सामुदयिक तथा संस्थागत विद्यालयले सहभागीता जनाएका थिए । सोही क्रममा सो चलचित्रको टिमले स्कुल र कलेजहरुमा विधार्थीहरु बिच हाजीरी जवाफ कार्यक्रम गराएर उत्कृष्ट हुनेलाई उचित पुरस्कार पनि बितरण गरीरहेको जानकारी गराईएको छ । 

चलचित्र कबड्डी, कबड्डी कबड्डी, पछि यो तेस्रो सिक्वेलको रुपमा रहेको चलचित्रमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर, एसडी योगीका संगीत, हर्क साउदको शब्द छ भने भलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ लगायत लाई फिचरिङ गरिएको छ ।  चलचित्रमा रिश्मा गुरुङ, वुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । 

विद्यालय स्तरका विद्यार्थीहरुलाई नेपाली चलचित्र प्रती आकर्षित गर्दै नेपाली चलचित्र क्षेत्रको अधिक जानकारी दिने उद्देश्यले यो प्रतियोगिता गरिएको चलचित्रका निर्माता मनिराम पोख्रेलले बताए । उनले हाजिरी जवाफ प्रतियोगिता प्रदेश एक को विभिन्न सहरहरुमा समेत आयोजना गरिने बताइएको छ ।   

समाजमा भएको यावत तथा यर्थाथ कुरा लाई टपक्क टिपेर पारिवारिक र कमर्सियल चलचित्र बनाउन माहिर निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र स्वजातिय प्रेम कथा र बिबाहको कुरा लाई देखाइएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =