चाडवाडमा सेन्ट्रल मलकाे अफरः सामान खरिद गर्दा हात खाली नजाने उपहार

असोज ७, विराटनगर ।  विराटनगरमा रहेको सेन्ट्रल मलले सेन्ट्रल मल महाउत्सव २०७६ को आयोजना गर्ने भएको छ  । नजिकिँदै गरेको दशैँ, तिहार तथा छैठ पर्वलाई लक्षित गर्दै आगामी असोज ११ देखि कार्तिक १६  सम्म महाउत्सवको आयोजना गर्न लागिएको हो । उक्त महाउत्सव अन्तर्गत सेन्ट्रल महलमा रु १००० को सामान खरिद गर्ने ग्राहकले एउटा लक्कि ड्र कुपन पाउनेछन् । 

लक्कि ड्र कुपनमा सेन्ट्रल मल्टिप्लेक्सको डिस्काउण्ट टिकट डिस्काउण्ट कुपन र गिफ्ट कार्ड रहेको छ भने प्रत्येक हप्ता हात खाली नजाने उपहार अन्तर्गत होम ग्लोरीका माईक्रोओभन, राईस कुकर, वाटर डिस्पेन्सर र वाटर फिल्टर लगायतका उपहार प्रदान गरिनेछ ।   

महिनाको अन्तिम दिन बम्पर उपहार स्वरुप १ जनाले बैङकक टुर, घटस्थापना, फुलपाती, लक्ष्मी पुजा र छैठ पर्वमा हरेक दिन १ जनालाई यामाहा कम्पनीको बाईक र स्कुटर पाउने  छन् । मलमा हरेक शनिबार दिउँसो ४ बजे पश्चात राष्ट्रिय कलाकार सहितको प्रस्तुति हुने मलका प्रवन्धक निर्देशक प्रकाश मुन्दडाले बताए ।   

Image may contain: one or more people and outdoor

२३०/२३४ जना दर्शक अट्ने दुईवटा मल्टिफ्लेक्स सिनेमा हल समेत रहेको उक्त मल बिशाल ग्रुप, देवेनरा ग्रुप र हाईलाईफ ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । १ लाख ३४ हजार बर्गफुट छेत्रफलमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप निर्माण गरिएको मलमा मल्टिप्लेक्स, सुपर मार्केट तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका १०० भन्दा बढी शो रुम, फुड कोर्ट, रेष्टुरेन्ट तथा प्ले जोन रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *