स्पेनिस ला लिगाः पछिल्लो खेलमा बार्सिलोना र रियल बेटिस विजयी

असोज ८, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै बार्सिलोना विजयी भएको छ ।  अघिल्लो साता ग्रानाडासँग पराजित भएको बार्सिलोना बुधबार बिहान भएको खेलमा विजयी भएको हो ।   

खेलको पहिलो हाफको छैटौँ मिनेटमा मेस्सीको सहयोगमा एन्टोनी ग्रिजम्यानले गोल गरि बार्सिलोनालाई अग्रता दिलाए भने आर्थर रामोसले १५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।   

भिल्लारियलका लागि सान्टियागो गोन्जालेजले गोल गर्दै अग्रता २–१ मा कायम गरे तर त्यसपछि भने कुनै पनि गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । जितसँगै बार्सिलोना ला लिगाको चौथो स्थानमा उक्लिएको छ । 

null

त्यस्तै अर्को खेलमा रियल बेटिस लेभान्टेलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । सुरुमा लेभान्टेलले १ गोल गरि अग्रता दिलाए पनि बेटिसले ३ गोल थपेको थियो । हेरनानी फोरटेजले सातौं मिनेटमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए । लोर्नेज मोरोजले पहिलो हाफको इन्ज्योरी समयमा गोल गर्दै बराबरी गोल गरेका थिए ।   

दोस्रो हाफको सुरुमै मोरोजले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल बेटिसले २–१ को अग्रता बनायो । बोर्जा इग्लेसियाले ६७ औं मिनेटमा गोल गरेपछि ३–१ गोलको जित विजयी हुन सफल भएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *