साफ खेलकुदका लागि अर्थ मन्त्रालयद्वारा ९५ करोड निकासा

२०७६ असोज ३ गते

असोज ३, काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) को लागि अर्थ मन्त्रालयले ९५ करोड रकम निकासा गरेको छ ।
मन्त्रालयले भैपरि आउने विकास कार्यक्रम शीर्षकबाट आगामी मंसिर १५ देखि २४ सम्ममा काठमाडौंमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि उक्त रकम निकासा गरेको हो ।
प्रतियोगिताको राष्ट्रिय टिम तयारीका लागि १५ करोड, खेल सामग्री खरिदका लागि ३८ करोड, व्यवस्थापनका लागि १ करोड र आवास व्यवस्थापनका लागि १ करोड रुपैयाँ निकासा गरिएको छ ।
यसैगरी अर्थ मन्त्रालयले खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४० करोड गरी कूल ९५ करोड रुपैयाँ निकासा गरेको छ ।

२०७६ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित