मौसमः मध्य र पश्चिममा भारी वर्षा हुने, नदी तथा खोलाको वहाव बढ्नुका साथै पहाडी भू-भागमा पहिरो जान सक्ने

भदौ १९, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा औसत स्थान भन्दा केहि माथि र अन्य ठाउंमा औसत स्थान आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ । 

देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ। देशभर  सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित वर्षाका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।  

यसको प्रभावले पहाडी भू-भागमा पहिरोको  जान सक्ने , हवाई तथा सडक यातायातमासमेत सामान्य अवरोध आउन सक्ने साथै  नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।   

null

आगामी तीन दिनको मौसम पूर्वानुमान   

भाद्र १९ गते (विहीबार) 

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना छ।  

भाद्र २० गते (शुक्रबार) 

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।   

भाद्र २१ गते (शनिबार) 

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।   

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =