पूर्व सांसद हरि बैरागीको निधन

२०७६ असोज ३ गते

असोज ३, विराटनगर । पूर्व सांसद हरि बैरागी दाहलको निधन भएको छ । लामो समयसम्म अचेत अवस्थामा रहेका दाहालको आज बिहान ७ बजे निधन भएको हो ।
गत हप्ता ह्रदयघातका कारण बेहोस भएपछि बैरागीलाई काठमाडौंको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
दाहाल २०५१ सालको निर्वाचनमा संखुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेको तर्फबाट सांसद हुन् । उनी जलस्रोतका अिभयन्ताका रुपमा पनि चिनिएका थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।

२०७६ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित