युरोकप २०२० छनौटः इंग्ल्याण्ड, युक्रेन र आइसल्याण्डको जित

भदौ २२, एजेन्सी । युरोकप २०२० का लागि छनोट अन्तर्गत शनिबार तीन खेल भएका छन् । शनिबार राति भएको खेलमा इंग्ल्याण्ड, युक्रेन र आइसल्याण्डले जित हात पारेका हुन् ।
इंग्ल्याण्डले बुल्गेरिया, युक्रेनले लिथुवानिया र आइसल्यान्डले माल्दोभालाई हराउँदै आफ्नो जित हात पारेका हुन् । समूह ए अनतर्गत घरेलु मैदान वेम्वली रंगशालामा भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्यो । इंग्ल्याण्डको जितमा मुख्य स्ट्राइकर ह्यारी केनले ह्याट्रिक नै पूरा गरे ।
खेलको २४ औं मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले गोल गरेर इंग्ल्याण्डलाई अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमै केनले पुनः अर्को गोल थपे । दोस्रो गोल भने पेनाल्टी मार्फत गरे । ५५ औं मिनेटमा स्टर्लिङले टिमका लागि तेस्रो गोल गर्दा केनले पास उपलब्ध गराएका थिए । ७३ औं मिनेटमा इंग्ल्यान्डले अर्को पेनाल्टी पायो । यसमा पनि केनले गोल गरे र ह्याट्रिक पूरा गरे ।
null
जितसँगै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको छ । तीन खेलबाट उसले शतप्रतिशत जितसहित ९ अंक हासिल गरेको छ । यस समूहमा कोसोभोको ८ अंक ल्उाउँदै दास्रो स्थानमा छ ।
शनिबार नै भएको अर्को खेलमा युक्रेनले लिथुवानियालाई ३–० को गोल अन्तरले पराजित गरेको छ । लिथुवानियाविरुद्धको खेलमा जितेसँगै युक्रेनले समूह बीको शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ । ५ खेलबाट उसको १३ अंक भएको छ भने ४ खेल खेलेको लक्जेम्वर्ग ४ अंकसहित दोस्रो स्थानमा छ ।
िथुवानियाको घरेलु मैदानमा युक्रेनका अलेक्सान्दर जिन्चेन्कोले सातौं मिनेटमा गोल गरी अग्रता लिए भने खेलको २७औं मिनेटमा मार्लोसले गोल गरेपछि पहिलो हाफमा युक्रेनले २–० को अग्रता बनायो ।
६१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरेपछि युक्रेनले सहज जित भेट्टायो । माल्दोभालाई ३–० गोलअन्तरले पराजित गरी आइसल्यान्ड पनि समूह एचको शीर्ष स्थानमा उक्लिएको छ ।
५ खेलबाट उसको १२ अंक भएको छ । घरेलु मैदानमा आइसल्यान्डले माल्दोभालाई सजिलै हरायो । कोल्विन सिपोर्सनले ३१ औं मिनेटमा गोल गरेपछि आइसल्यान्डले पहिलो हाफमा अग्रता बनाएको थियो ।
५५औं मिनेटमा विर्किर जोर्नासन र ७७ औं मिनेटमा जोन बोभार्सनले गोल गरेपछि आइसल्यान्डले जित निकाल्न सफ भएको हो ।








