विराट कोहलीले सहकर्मीकै एकै पटक दुईवटा किर्तिमान तोडे

असाेज २ ।  बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए । 

खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । योसँगै कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शर्मालाई उछिनेका छन् । 

खेलको शुरुवातमा कोहलीले ६५ इनिङमा २,३६९ रन बनाएका थिए भने शर्माले ८८ इनिङमा २,४२२ रन बनाएका थिए । बुधबारको खेलमा शर्मा मात्र १२ रन बनाएर आउट भए भने कोहली नटआउट रहँदै रोहितलाई ७ रनले उछिने । 

Image result for विराट कोहली

६६ इनिङपछि कोहलीको अब २,४४१ रन भएको छ भने ८९ इनिङबाट रोहितको २४३४ रन रहेको छ । कोहलीले खेलमा आफ्नो २२ औँ अर्धशतक पनि पुरा गरे । योसँगै उनले शर्माले बनाएको २१ औँ अर्धशतकको किर्तिमान भंग गरे । 

बुधबार कोहलीले मात्र ५२ बलमा चार चौका र तीन छक्का हिर्काएका थिए । योसँगै कोहली क्रिकेटका तीनवटै फर्म्याटमा ५० भन्दा बढी औसत भएको एक्ला खेलाडी बनेका छन् । कोहलीको टेस्टमा ५३.१४, एकदिवसीयमा ६०.३१ र टी–२० मा ५०.८५ को औसत रहेको छ । गत वर्ष पनि उनको तीनवटै फर्म्याटमा ५०भन्दा बढीको औसत रहेको थियो । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *