यस्तो छ आजको राशीफल र आजको पञ्चाङ्ग

वि.सं. २०७६ भदौ २४। मंगलबार। इ.स. २०१९ सेप्टेम्बर १०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। द्वादशी, २७स्०८ उप्रान्त त्रयोदशी। नक्षत्र– उत्तराषाढा, १३स्१८ बजेउप्रान्त श्रवण। योग– शोभन, २०स्३९ बजेउप्रान्त अतिगण्ड। करण– वव, १४स्२९ बजेदेखि वालव, २७स्०८ बजेउप्रान्त कौलव। आनन्दादिमा मानस योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– १५स्४७ बजे, सूर्यास्त– १८स्१३ बजे र दिनमान ३१ घडी ६ पला। वामन द्वादशी (वामन जयन्ती)। दही दान। इन्द्रध्वज उत्थान गर्ने दिवस। (मतछोयके)। द्विपुष्कर योग १३स्१८ बजेसम्म। 

२४ भाद्र २०७६ मंगलवारको राशिफल 

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । 

वृष: (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक कारोवारमा मन्दी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । महत्वत्वपूर्ण अवसर गुम्न सक्नेछ । 

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला,साहित्य एवं संगीतमा रुचि बढ्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । 

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । 

कन्या: (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

तुला: (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । चुनौतीको सामना गर्नुपर्ला । 

वृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । 

धनु: (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावना छ । 

मकर: (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रमाइलो यात्राको योग रहेको छ । रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ । 

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ । 

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।   

ज्यो.प. नारायणप्रसाद दुलाल 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =