विहान उठ्ने वित्तिकै यस्ताे वस्तु देखे शुभफल प्राप्त

भाद्र २२ । हिन्दु धर्ममा धेरै नै मान्यता रहेका छन् । मानिसका प्राय: स–साना क्रियाकलापहरु पनि उसको अन्य कुराहरुसँग गाँसिनछ । भनिन्छ बिहानको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रका अनुसार जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ हुन्छ :
आगो

विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख गरिएको छ ।
कुकुर
विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखियो भने पनि शुभ हुनेछ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल मिल्दछ ।
श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो ।
धर्मग्रन्थ
कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । एजेन्सी








