एसीसी यु–१९ एसिया कपमा नेपालद्वारा बंगलादेशलाई २६२ रनको लक्ष्य

भाद्र २२, काठमाडौँ । श्रीलङ्काको पी सारा मैदानमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा  नेपालद्वारा बंगलादेशलाई २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ  । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको हो ।  टेष्ट नेशनविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहेको छ । 

नेपालका लागि शरार्फले १११ बलमा सर्वाधिक ८१ रनको योगदान दिएका थिए । उनले यस क्रममा ८ चौका र १ छक्का हिर्काए थिए । पाँचौं विकेटका रुपमा पवन आउट हुँदा नेपालको स्कोर १७१ रन थियो । र झण्डै १० ओभर खेल बाँकी थियो । 

pawann

सन्दीपले भीम सार्कीसँग मिलेर नेपालको स्कोरलाई बलियो स्थितिमा पुर्‍याएका थिए । दुबैले ७१ रनको साझेजारी गरे । आक्रामक पारी खेलेका सन्दीपले ३७ बलमा ५६ रनको महत्वपूर्ण पारी खेलेका थिए । 

बंगलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २-२ विकेट लिएका छन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएकोले नेपालले बंगलादेशसँगको खेलमा जित्नैपर्ने दबाब थियो । 

यदी आजको खेलामा पराजित भएको भए  एक खेल अघि नै यू १९ एसिया कप क्रिकेटको समूह चरणबाटै नेपाल  बाहिनु पर्ने अवस्था थियो । नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *