यात्रुबाहक बसमा आगजनी

भाद्र २६, बुटवल । बिहिबार बिहान ५ बजे कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुबहाक बसमा आगजानी भएको छ ।   

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोलामा गाडीलाई साइड लगाएर यात्रुलाई उतारेर आगजानी गरेको प्रहरीले जनाएको छ ।   

प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहले भने ‘गाडीलाई साइड लगाएर आगजनी भएको छ’ शाहले भने, ‘बाटो अवरोध छैन। यात्रु सकुशल छन्। कसले के कारणले गाडीमा आगजनी गर्‍यो खुल्न सकेन। हामी अनुसन्धान गर्दैछौँ।’ 

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरुको तीब्ररुपमा खोजीकार्य भईरहेको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *