वडा कार्यालयमा आफ्नै साथीलाई छुरा प्रहार गर्ने एक जना पक्राउ

भदौ १८, झापा । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।   

सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए ।   

घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   

Image result for छुरा प्रहार

पुरानो रिसइवीका कारण राईको छातीमा छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *