बराह बचत तथा ऋण सहकारीको दशौ बार्षिक साधारण सभा सम्पन्न, एक करोड ४३ लाख भन्दा बढी नाफा

भदौ २८,धरान,सुनसरी । आर्थिक गतिबिधि सुचारु गर्ने सहकारी संस्थाहरुले देश गम्भीर राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको समयमा समेत मुलुकबासीको आर्थिक मेरुदण्डको एउटा पाटो बन्दै गएको पाईएको छ ।   

यसले राज्यलाई अर्बो राजस्व बुझाएको मात्र छैन लाखौलाई रोजगारी दिनुका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको तथ्य पनि राज्यको सामु छर्लङ्ग छ । 

यस्तै महत्वपूर्ण योगदान दिने सहकारी संस्थाहरु मध्ये सुनसरी धरान उपमहानगरपालिकामा सक्रियतापूर्वक कार्यरत बराह बचत तथा ऋण सहकारी संस्था लि.पनि एक हो । जसले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको छ । 

बराह बचत तथा ऋण सहकारी संस्था स्थापनाकोे शुरुवात कालमा १४ जना महिला र १८ जना पुरुष गरी ३२ जना शेयर सदस्य बाट सुरुवात भयो । यो संस्था १० बर्ष पूरा गरी एघारौ बर्षमा पुग्दा शेयर सदस्यहरु ३ हजार ५ सय २६ जना पुगिसकेका छन् ।   

बराह बचत तथा ऋण सहकारी संस्था आजभन्दा १० बर्ष अगाडि २०६६ साल भाद्र २१ गते विधिवत रुपमा सहकारीमा दर्ता भई सञ्चालनमा आएको हाे । बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खुद मुनाफा १ करोड ४३ लाख १६ हजार ९८ रुपैया आर्जन गर्न सफल भएको छ । 

बराहको दशौ बार्षिक साधारणसभा सम्पन्न गरेसंगै सो मुनाफा गर्न सफल भएको हो ।   

शनिवार आयोजित उक्त साधारण सभामा शेयर सदस्यहरु, लेखा समितिका संम्योजक तथा सदस्य, सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी, सहकारीम कार्यरत्त कर्मचारी,सहयोगी लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । 

सो अवसरमा सञ्चालक समितिका तर्फबाट बराह बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष एवम् बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का शाखा प्रमुख मानबहादुर विश्वकर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

शाखा प्रमुख विश्वकर्माका अनुसार बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हाल सम्म शेयर संख्या ३ हजार ५ सय २६ रहेका छन् । जसमा महिला २२ सय ५४ र पुरुष १२ सय ७२ जना रहेका छन् ।   

अध्यक्ष विश्वकर्माका अनुसार शेयर रकम २०७६ असार मसान्त सम्ममा रु ६ करोड ५७ लाख ७५ हजार ६००, निक्षेप संकलन ६३ करोड ९९ लाख २२ हजार ३ सय ९२,ऋण लगानी रकम ६० करोड ७३ लाख ६२ हजार ९ सय ४६ र सरकारलाई कर भुक्तानी १५ लाख ९० हजार ६ सय ७७ गरेको  अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । 

अध्यक्ष मानबहादुर विश्वककर्मा अनुसार बराह बचत तथा ऋण सहकारी संस्था लि.को राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक, त्रिवेवणी डेभलोपमेन्ट, राष्ट्रिय सहकारी बैकं र प्रभु बैकमा समेत खाता सञ्चालन भइरहेको छ ।   

सो अवसरमा कार्यक्रममा प्रमुख अतिथीको रुपमा जिल्ला सहकारी संघ सुनसरीका बरिष्ट उपाध्यक्ष तथा धरान वडा नं १५ का वडा अध्यक्ष नरेश ईवराम, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका अध्यक्ष शिव लामिछाने, सहकारीका लेखा परिक्षण  सुपरिबेक्षक समिती सम्योजक सुदिन ल्वागुन, जनसम्पर्क अधिकृत सुरेन्द्र सिंह बिश्वकर्मा, शिबराज श्रेष्ठ, मेरो बचत तथा ऋण सहकारी संस्था धरानका अध्यक्ष उद्धब लिम्बु, समाजसेवी शिब बान्तावा, शिखर तथा झरना साकोसका प्रतिनिधीहरु, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफले लगायतको उपस्थिति रहेको थियो ।   

सहकारीका अध्यक्ष तथा  बराह ईन्ड्रष्टिज प्रदेश नं १ का प्रमुख मान बहादुर दियालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने बराहका कानुनी सल्लाहकार अबईन्द्र निरौलाले गर्नु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *