आईटीएफ टेनिसको उपाधि विकास र विमललाई

असोज, ८ पोखरा । पोखरा रङ्गशालामा सम्पन्न भएको ‘एनआईसी एशिया बैंक नेपाल आईटीएफ सिनियर विश्व वरियता ग्रेड–४ टेनिस प्रतियोगिता’को ३५ वर्ष माथिको उमेर समूहको उपाधि विकास गुरुङले जितेका छन् । गुरुङले फाइनलमा सञ्जयकुमार श्रेष्ठलाई ६–२ र ६–४ अङ्कले पराजित गर्दै उपाधि जितेका हुन् ।   

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही असोज ५ गतेदेखि शुरु भएको उक्त प्रतियोगिताको आज सम्पन्न ४५ वर्ष माथिको उमेर समूहको उपाधि भने विमलकुमार गुरुङले जितेका छन् । उनले पोखराका खेलाडी गोपी भट्टराईलाई ६–४ र ६–२ अङ्कले हराए ।   

यस्तै ४५ वर्षमाथिको डबल्सतर्फको उपाधि गोपी भट्टराई र धरमबहादुर लामिछानेको जोडीले जित्यो । भट्टराई र लामिछानेको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुश्लिमको जोडीलाई पराजित गरेको हो ।   

null

यस्तै ५५ वर्षमाथिको उमेर समूहकोे खेलमा कमल थापाले अनिल तुलाचनलाई ६–२ र ६–३ अङ्कले जितेका छन् । थापाले बुधबार उपाधिका लागि भारतीय खेलाडी सञ्जयकुमारसँग खेल्ने प्रतियोगिता संयोजक प्रीति बरालले जानकारी दिनुभयो । सञ्जयकुमारले नेपाली खेलाडी उत्तमकुमार शेर्पालाई हराएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *