‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

असोज ३, काठमाडौं । दिपकराज गिरी र केकी अधिकारीको मूख्य भूमिका रहेको चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।   

दिपेन्द्र लामा निर्देशित उक्त चलचित्रको ट्रेलरमा दिपकराज गिरी विद्यार्थी नेताका रुपमा देखिएका छन् भने केकी अधिकारीलाई नर्सको भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा दिपक र केकीबीचको प्रेममा आएका उत्तरचढावलाई देखाइएको छ ।                                           

चलचित्रमा केदार घिमिरे, जितु नेपाल, सुपुष्पमा भट्ट, शिशिर बाङ्देल, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।   

चलचित्र असोज २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =