भविष्यमा अझ धेरै राम्रा र उदाहरणीय काम गछौँः रसाइली समाज नेपाल

भदौ १२, काठमाडौँ । रसाइली समाज नेपालले तीज विशेष भेटघाट एवं शुभकामना आदनप्रदान कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई सम्मान गरेको छ । कार्यक्रममा सांसाद बिमला विश्वकर्मा, झला विश्वकर्मा, डा.सबिता विश्वकर्मा, चाँदनी विश्वकर्मा, स्वरुपा रसाइली, ज्योती रसाइली, उर्मिला विश्वकर्मालगायतलाई सम्मान गरेको हो ।   

कार्यक्रममा बोल्दै सांसद बिमला विश्वकर्माले समाजमा अझै पनि जात विशेषका आधारमा विभेद हुने गरेको भन्दै त्यसकोविरुद्ध रसाइली समाज एक जुट भएर लाग्नु पर्ने बताइन् ।। विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश नम्बर ३ का अध्यक्ष रमेश रसाइलीले नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका रसाइलीहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।   

कार्यक्रममा एसपी डम्बरबहादुर विश्वकर्माले रसाइली समाजले अझै समाजमा उदाहरणीय कार्य गरेर फरक पहिचान स्थापित गर्नु पर्ने बताए ।   

कार्यक्रमका अवसरमा कमल पोखरी प्रहरी प्रभागका इञ्चार्ज डीएसपी भरत विश्वकर्मा, संगीतकार बीबी अनुरागी, अधिवक्ता झाला विश्वकर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए भने स्वरुपा रसाइली, हेमन्त कान्छा रसाइलीलगायतका कलाकारले सांगीतिक प्रस्तुती दिएका थिए । 

आयोजक रसाइली समाज नेपालका अध्यक्ष मणिराम रसाइलीले रसाइली वंशबाट प्रतिनिधित्व गरेका विभिन्न क्षेत्रबाट देशमा योगदान गरेका ८ जना फरक क्षेत्रका महिलाहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै संस्थाले आगामी दिनमा समाजमा राम्रा र उदाहरणीय काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।   

कार्यक्रममा विभिन्न जिल्लाका काठमाडौँमा आई पेशा व्यवसायमा संंलग्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *