सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

भाद्र ३०, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सञ्चालित Quest International College अन्तगर्तको Quest Social Club का बिद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।   

बैंकको सहकार्यमा Quest International College अन्तगर्तको Quest Social Club का बिद्यार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाइ कार्यक्रम र कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।   

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ । 

null

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *