बिभिन्न दाेषबाट मुक्त हुन मंगलबार गर्ने गराैँ यी पूजा

भाद्र २४ ।  मंगलवार मंगल दोष दुर गर्ने बिधिः मंगल ग्रहको पुजा मंगल ग्रहको आफ्नो दिन मंगलवार हो अत: मंगलवारको दिन व्रत (उपवास) राखौ र साधना पूजन गरेउ भने अति उत्तम हुन्छ हुन्छ। मंगलवारको दिन सूर्योदय भन्दा पहिले (पहले) उठेर निवृत्त भएर तन-मन लाइ स्वच्छ गरौ। 

त्यसपश्चात रातो रंगको नया वस्त्र धारण गरेर मण्डपमा उत्तर दिशा तिर मुख गरेर बसौ। मण्डप घरको कुनै कोठामा बनाउन सक्नुहुन्छ। किंतु फर्श कच्चि छ भने गाईको गोबरले लीपेर शुद्ध बनाउ र यदि पक्कि फर्श छ भने फर्शलाइ पुछेर तथा गुलाब जल आदि छर्केर पवित्र गरौ। आसनमा बस्नु पूर्व आवश्यक सामग्री जस्तै रातो पुष्प, रातो चंदन, कुशा, सुद्ध घी आदि तयार गरेर आफु निकट रखौ। 

तत्पश्चात पवित्री धारण गरेर मंत्रोच्चारण सुरु गरौ-कुनै पनि शुभ कार्य आरम्भ गर्दा समय विघ्नहरण भगवान गणेशजीको पूजा हुन्छ, जो कि समस्त विघ्नलाइ दुर गरेर साधकको साधना पूर्ण गर्नु हुन्छ 

Image result for पूजा

मंगलवार दुख र कलेशबाट मुक्ति लागि हनुमान पुजा: हनुमान जी को आराधना गर्दा हरेक पाप र हरेक कष्‍टबाट मुक्‍ति मिल्छ। हनुमान जी भूत-प्रेत बाट पनि आफ्नो भक्‍तहरु लाई बचाउनुहुन्छ । जस घरमा हनुमान जी को कृपा हुन्छ वहां त्यहा कुनै पनि दुख, क्‍लेश नजिक आउन पाउदैन ।  

इनलाई सात चिरंजीवि (अमर) हरुमा एक् मानिएको छ। उहा सबै कलाहरुमा सिद्धहस्त एवं माहिर थिए। रामका परम भक्त हनुमान बल, बुद्धि र विद्याको प्रदाता हुनुको साथै , अष्ट सिद्धि र नौ निधिहरुको दाता पनि मानिएको छ । उनि ज्योतिषको पनि प्रकांड विद्वान थिए। ऋग्वेदमा उनलाई ‘विश्ववेदसम्’ शब्दले प्रयोग गरिएको छ, यस्को अर्थ हो- विद्वानहरुमा सर्वश्रेष्ठ। त्यसैले हनुमान जी को पूजा यदि केहि विशेष मंत्रहरुले गरेमा हनुमानजि अत्‍यंत प्रसन्‍न हुनुहुन्छ। एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *