कारण भेटिन्छ, समाधान खोजिन्न, ‘रित्तै’ उड्नु छ जापान, प्रधानमन्त्री चढेको विद्युतीय बस पनि ११ महिनादेखि ग्यारेजमै

असोज ५, काठमाडौँ । आज पत्रपत्रिकाहरुमा फरक फरक विषयमा समाचार छापिएको छ । आज प्रकाशित देनिक पत्रपत्रिकाममध्ये कान्तिपुर दैनिकमा ‘कारण भेटिन्छ, समाधान खोजिन्न’ शीर्षकमा समाचार छापेको छ । कान्तिपुरका अनुसार मुलुकभर सवारी दुर्घटनाबाट दिनहुँ ७ जनाको मृत्यु हुने गरेको छ । गत आथिएक वर्षमा मात्रै मुलुकभर १३ हजार ४२१ दुर्घटनामा २ हाजर ७६२ जनाको मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार तीमध्ये ९ हजार ९४० दुर्घटनाको कारण चालकको लापरबाही हो ।
कान्तिपुर दैनिकले विद्युतीय बसको विषयमा पनि समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् ।
प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए । सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुक्तानीसमेत रोकी ती बस फिर्ता गरी टेन्डरमा टोकिएको सिफारिस अनुरुपका चीनमा निर्मित बिद्युतीय बस ल्याउन निर्देशन दिँदै आएको थियो ।
त्यसैगरी आजको अन्नपूर्ण पोस्टमा ‘रित्तै उड्नु छ जापान’ शीर्षकमा समाचार छापिएको छ । सुन्दा गर्वै लाग्छ, नेपाल एयरलाइन्स सीधै जापान उड्न थालेको छ। यसको व्यापारिक हालत भने पीडादायी छ। अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तै आउँछ।
अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए। अहिलेसम्मको औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ। २ सय ७६ सिट क्षमताको वाडइबडी विमान अगस्ट ३१ मा त काठमाडौंबाट १८ जना बोकेर उड्यो।
‘ओसाका सेक्टर अत्यधिक घाटाको उडान हो’, निगमका उच्च अधिकारीहरू भन्छन्, ‘भाडा, दूरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ।’ लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको वाइडबडी ओसाका उडाउने तयारी भइरहेको थियो। निगम दिवस जुलाई १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्टै भने, ‘उडाउनुपथ्र्यो नारिता, उडाउन खोजिँदैछ ओसाका।’
नारिता राजधानी टोकियोसँगैको विमानस्थल हो। त्यसभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु तुलनात्मक निकै कम हुन्छन्। यो जापानको क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन।
यात्रु नै छैननजापान उडानको पहिलो दिन अगस्ट २९ मा अहिलेसम्मका धेरै १ सय ४९ यात्रु थिए। तर, टिकट काटेका ८८ मात्र। बाँकी ६१ जना सित्तैंमा पाहुना बनाएर लगिएका। उनीहरूको टिकट र जापानको सम्पूर्ण खर्च निगमले व्यहोरेको थियो।
अन्य पत्रपत्रिकाहरुले पनि विभिन्न विषयमा समचार छापिएका छन् । आज प्रकाशित केही पत्रपत्रिकाको फ्रन्ट पेजः








