लागूऔषध सहित युवती पक्राउ, अर्की युवती फरार

भाद्र २९, दाङ । शनिबार साँझ दाङमा प्रतिबन्धित लागूऔषध सहित एक युवती पक्राउ परेकी छिन् । 

६ टुक्रा भएको ३ केजी लागूऔषध अफिम  सहित उक्त युवतीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेहो हो ।   

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ३ स्थित गोग्लीमा बस्दै आएकी रोल्पा थवाङ २ की नविना रोका (घर्ती) रहेकी छिन् ।  प्रहरीका अनुसार पक्राउ परेकी  नविनालाई दाङ घोराही उपमहानगर १४ मा डेरा गरी बस्ने वीरमाया पुनको कोठाबाट नियन्त्रणमा लिएको हो ।   

नविना पक्राउ परेपछी वीरमाया भने फरार रहेकी छिन् ।  फरार भनेकी उक्त युवती रोल्पातिर रहेको सूचना प्राप्त भएको उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।   

पक्राउ परेकी नविनामाथी कारवाही अघी बढाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *