आजको मौसम: देशभर सामान्य बदलीसहित केही स्थानमा वर्षा हुने

भदौ १५, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिण तर्फ रहेको छ । हाल देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ साथै मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित वर्षा हुने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
null
भाद्र १५ गते (आईतबार)
दिउँसोः देशको पश्चिमी भू–भागमा सामान्य बदली साथै मध्य तथा पूर्वी भू–भागमा आंसिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
भाद्र १६ गते (सोमबार)
दिउँसोः देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा साथै पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
भाद्र १७ गते ण्मंगलबार)
दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
रातिः देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा साथै मध्य तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहन्छ।








