भारतका पूर्व केन्द्रीय मन्त्री चिन्मयानन्द पक्राउ

असोज ३, काठमाडौं । भारतका पूर्व केन्द्रीय राज्यमन्त्री एवम् भाजपा नेता चिन्मयानन्द पक्राउ परेका छन् ।   

उत्तर प्रदेशको कानून कलेजकी छात्रामाथि यौन शोषणको घटनाको छानविन तथा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान दल (एसआईटी) ले पूर्व मन्त्री चिन्मयानन्दलाई उनको आश्रममै पुगेर पक्राउ गरेको हो ।   

अदालतले चिन्मयानन्दलाई १४ दिनको न्यायिक हिरासतमा राखेको छ । स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै आएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *