काे हुन् यी महिला जसले राष्ट्रपति पुत्रकाे प्रेम प्रस्ताव अस्वीकार गरिन्

भाद्र ३१, काठमाडौँ। के हुन्छ जब राष्ट्रपति पुत्रको प्रेम प्रस्ताव कुनै युवतीले लत्याउने काम गर्छिन ? सायद धेरैले त यो कुरालाई विश्वास पनि गर्न सक्दैनन् । तर विश्वकै सर्वाधिक लोकप्रीय रोमानियाली जिम्न्यास्टिक खेलाडी नादिया कोमानेसीलाई निकु चोसेस्कोले औधी मन पराए र प्रेम प्रस्तावसम्म राखे । 

रोचक कुरा के भने नादियाले प्रेम प्रस्ताव अस्वीकार गरिन् । पद र प्रतिष्ठाको लालचा देखाए पनि उनले अस्विकार गरिन् । विवाहका लागि राष्ट्रपति पुत्रले हर सम्भव प्रयास गरे तर सफल भएनन् । एउटा कुरा के पनि हो भने प्रेम र विवाह जर्बजस्ती हुनसक्दैन । 

त्यसकारण पनि निकुको पद, प्रतिष्ठा र पैसाले सच्चा प्रेमको दरबार बनाउन सकेन । निकु रोमानियाका कम्युनिष्ट शासकका प्रीय छोरा थिए । हामीले जस्तै शक्ति केन्द्रमा रहेका निकुले नादियाले सहजै प्रेम प्रस्ताव स्वीकार गर्ने अपेक्षा गरेका थिए । परिस्थिति उनको सोचभन्दा भिन्न भयो । नादियाले निकुको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएपछि आक्रोशित भए । 

मन परेको स्त्री प्राप्त गरिछाड्ने स्वभावका निकु नादियाको प्रेम प्रस्ताव अस्वीकृतिले थप तनाबमा पनि परे । नशा नशामा राजहठ बग्ने गरेको उनी चुप लागेनन् । नादियालाई आफ्नो बनाई छाड्ने उद्देश्यका साथ लागिपरे । स्त्रीहठ त्याग्ने वाध्यात्मक अवस्था सृजना गर्न रणनीतिहरू चाले । 

केही सीप लागेन । नादिया टसमस भइनन् । उनले जति प्रयास गर्दा पनि निकुलाई घृणा गर्न थालिन् । रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई चोसेस्कोका छोरा निकु चोसेस्कोलाई नादियाले प्रेम प्रस्ताव अस्वीकार गर्नुलाई प्रतिष्ठाको विषय बनाए र यसलाई इगोको रुपमा लिएर गए । आकर्षक शरीर, उज्यालो मुहार अनि विशिष्ट खेलाडीको पहिचान बनाएकी नादियाको लागि प्रेमपागल बन्ने उनीबाहेक धेरै थिए । 

लाखौं मनपराउनेमध्ये निकु पनि एक थिए । निकु कुनैपनि हालतमा नादियालाई आफ्नो बनाउने प्रयासमा लागे । अस्वीकृती जनाएपनि जर्बजस्ती आफ्नो बनाउने रणनीति बुने । प्रेम पाउने नाममा शक्तिको गलत प्रयोग पनि गर्न भ्याएका थिए । नादिया निकुको प्रेमिका वा पत्नी भएर ऐस गर्नुभन्दा कठोर जीवन बाँच्ने निष्कर्षमा पुगिन् । 

सम्बन्ध नबनेपछि निकुको एकोहोरो प्रेमले खतरनाक परिस्थिति जन्मायो । राज्यले नादियालाई खेलाडीका रुपमा दिदै आएको सुविधा रोक्न आदेश गर्यो । राष्ट्रपतिका छोराले यति गर्दा उनी आत्मसमपर्ण गर्ने उदेश्यले यसो गरेका थिए । दृढ र निडर नादिया पछि हटिनन् । 

मानसिक तनाव निरन्तर दिइयो । नादियाको प्रेमी बन्न धेरै रोमानियाली आतुर थिए तर निकुको डरले अघि सर्न सकेनन् । आफूमाथि एकतर्फी प्रेमका नाममा समस्या खडा गर्न खोज्ने शासक पुत्रबाट वाक्क दिक्क भएर नादिया अमेरिका पलायन भइन् । 

तानाशाह पिताको छोराबाट त्यसै दिनबाट मुक्ती पाइन् । रोमानियामा जन्मे हुर्केकी महान् जिम्न्याष्ट् नादिया कोमानेसीका लागि सुन्दरता आफ्नै लागि घातक बन्यो । मातृभूमीमा टिक्न बस्न सकिनन् । २० औं शताब्दीको अन्तसम्म जिम्न्यास्टिकबाट विश्वलाई चकित पार्ने नादिया आजकल प्रशिक्षक भएर बाँचेकी छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *