विराटनगरको मेरिल्याण्ड कलेजमा सबिन राईले नचाए विद्यार्थी

असोज १०, विराटनगर । विराटनगरमा आयोजित ‘दशैं कार्भिनल’ मा गायक सविन राईको बेजोड प्रस्तुतिसँगै सम्पन्न भएको छ ।
बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (बिबिएम) को ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको विराटनगरको मेरिल्याण्ड कलेजले यस वर्ष दशैँ विशेष कार्यक्रम आयोजना गरेको थियो ।
मेरिल्याण्ड कलेज विराटनगरका साथै इटहरी इन्टरनेसनल कलेजका ६ सय बढी विद्यार्थीहरुका लागि उक्त कार्निभल आयोजना गरिएको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख विवेक दाहालले जानकारी दिए ।

दशैँ विशेष कार्यक्रममा नेपालका चर्चित गायक सबिन राई एण्ड फ्यारो ब्याण्डको विशेष प्रस्तुति रहेको थियो ।साथै कलेजका बिद्यार्थीहरुको गायन तथा नृत्य, विभिन्न खेल र खानाका स्टलहरु राखिने कार्यक्रम रहेको थियो ।








