अज्ञात समूहले गरे वडाध्यक्षको मोटरसाइकलमा आगजानी

१७ भदौ, गुल्मी । गएराती अर्घाखाँचीको छत्रदेवमा अज्ञात समूहद्वारा वडा अध्यक्षको मोटरसाइकलमा आगजनी भएको छ ।   

छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको मोटरसाइकलमा आगजानी भएको हो । 

घर नजिकै पार्किङ्ग गरेर राखेको वडाध्यक्ष पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजानी हुँदा मोटरसाइकल जलेर पूर्णरुपले नष्ट भएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिएका छन् । 

सोही  गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले भने, ‘उक्त वडा साविक भवगती गाविस हो , त्यहाँ  केही साथीहरु ( विप्लवका कार्यकर्ता ) हुनुहुन्छ ,  त्यतैबाट आक्रमण भयो कि भन्ने अनुमान गरिएको छ  तर प्रहरीमा अनुसन्धान चलिरहेकोले केही खुलेको छैन ।   

हाल मोटरसाइकल आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *