जनताको साढे ३३ खर्ब कति सुरक्षित ?

भदौ १६, काठमाडौँ । नक्कली भिसा कार्ड प्रयोग गरी चिनियाँ ह्याकरले साढे ३ करोड रुपैयाँ लुटेका छन्। नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ।   

भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेइमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन्। यो रकम निक्षेपकर्ताको खाताबाट काटिएको भने छैन। कहाँबाट आयो भन्ने यकिन नभएको क्षेत्रीको भनाइ छ। 

‘नक्कली कार्ड बनाएर पैसा झिकेको देखिन्छ’, उनले भने, ‘यसमा एउटा विशिष्ट प्रविधि प्रयोग गरेको भेटियो। तर, यो कारोबार नेप्सको प्रणालीसम्म नआइपुग्दै नक्कली अप्रुभल गराएको देखिन्छ।’ नक्कली कार्ड प्रयोगबाट विभिन्न बैंकका डाटा ह्याक गरेर रकम निकालेको देखिएको प्रहरीले पनि बताएको छ। 

null

नबिल, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट, सानिमा, कुमारी, सेन्चुरीलगायत बैंकको एटीएम बुथमा नक्क।ली कार्ड घोटेर ह्याकरले पैसा झिकेका हुन्। प्रभुको कार्डबाट मात्रै १ करोड ३० लाख रुपैयाँ निकालेको पाइएको नेप्सले जनाएको छ। बाँकी पैसा झिक्न एनआईसी एसिया, ग्लोबल आईएमई, माछापुच्छ्रे बैंकको नक्कली कार्ड प्रयोग गरेको देखिएको छ। 

प्रहरीले नेपाली र विदेशी मुद्रा गरी १ करोड ३७ लाख २० हजार मात्र बरामद गरेको छ। यत्रो पैसा कसले तिर्छ भन्ने अन्योल देखिएको छ। ‘भिसाको नियमअनुसार जुन बैंकको कार्ड प्रयोग भएको छ त्यसले दायित्व लिनुपर्छ’, क्षत्रीले भने।   

कसको कमजोरीका कारण क्षति भयो भन्ने यकिन नभएको उनले सुनाए। ‘विभिन्न प्रकारका स्क्यानिङ गरेर हेर्दा त्यसबाट केही देखिएको छैन’, उनले भने। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।@यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =