बसको ठक्करबाट थापाको मृत्यु

असोज ४, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।   

मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा९९प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिए ।   

accidentको लागि तस्बिर परिणाम

उनका अनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =