कृषि विकास बैङ्क चोरी प्रकरणः लहान ऋण शाखाका प्रमुख पक्राउ

असोज १२, काठमाडौँ । करिब ५ अर्व कुम्लाउने तारगेट राखेर चोरी गरीएको कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।   

प्रहरीका अनुसार कृषि विकास बैंक लहान ऋण शाखाका प्रमुख सुनिल कुमार शाहलाई  पक्राउ परेको हो । 

उक्त चोरी काण्डामा संलग्न भएको आरोपमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको बतार्ईको छ ।  चोरी गरिएको रकमको कारोबार शाहको कम्प्युटरबाट भएको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।   

यस भन्दा अघी प्रहरीले सोही काण्डमा १६ जनालाई पक्राउ गरि सकिएका थिए भने कृषि विकास बैंकबाट  ४ करोड ७३ लाख रुपैयाँ चोरी गरिएको थियो । 

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *