के हो स्क्रब टाइफस ? यसबाट बच्ने उपाय सहित

असाेज १० ।  स्क्रब टाइफस’ यो एक प्रकारको सरुवा रोग हो । यो ‘ओरिनसिया सुसुगामुसी’ नामक जीवाणुले गर्दा हुन्छ । झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ (सूक्ष्म कीरा) नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस देखिने गर्छ ।  

माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ । यसको सबैभन्दा ठूलो समस्या भनेको रोग पहिचान गर्न हुने गर्छ । अन्य रोगमा जस्तै रुघा लाग्ने, ज्वरो आउनेजस्ता कमन लक्षणहरू देखिने हुँदा मानिसहरू झुक्किने गरेका छन् । त्यही झुक्किने कारणले गर्दा सामान्य उपचारमा निको हुने बिरामी पनि गम्भीर अवस्थामा अस्पताल आइपुगेर मृत्युवरण गर्नुपरेको अवस्था छ । बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार रिकेटसियाबाट संक्रमित जुम्राको टोकाइबाट समेत यो संक्रमण हुन्छ । 

सर्छ 

Image result for स्क्रब टाइफस

मुसा (माइट) प्रजातिमा पाइने लार्भा चरणको ‘टोम्रविक्युलिट माइट’ नामक वाहकले यो रोग सर्दछ । यो मुसाको कान वा अन्य जीवजन्तुमा पनि भेटिन्छ । यो प्रायः झारपात, तथा झाडीमा पाइने भएकाले त्यस्ता ठाउँमा रहेर काम गर्नेहरू बढी सचेत हुनुपर्छ । माइटले मानिसलाई टोकेमा मात्र यो रोगको संक्रमण हुने सम्भावना बढी हुन्छ । तर, मानिसबाट मानिसमा भने सर्ने सम्भावना हुँदैन । विशेष गरी, हातगोडा खुला राखेर धान गोड्ने, झाडीमा पस्ने मानिसले लामो बाउलाका कपडा लगाउने, लामो जुत्ता प्रयोग गर्ने गर्दा उपयुक्त हुन्छ । 

‘माइट’को जीवनचक्र एग, लार्भा, निम्फ र एडल्ट गरि चार चरणमा पूरा हुने भए पनि, लार्भायुक्त अवस्थाले मात्र यो रोग सार्दछ । ‘माइट’ले टोकेको भागमा कालो रङको ‘ब्ल्याक इसकार’बग्छ, जसबाट स्क्रब टाइफसको प्रारम्भिक पहिचान गर्न सहयोग पुग्दछ । विशेष गरी यो रोग लागेको माइटले टोक्दा वा यसबाट संक्रमित मानिस तथा खाद्य पदार्थको सम्पर्कबाट यो रोग सर्दछ । 

चिकित्सकका अनुसार यो रोग संक्रमण भएपछि मानिसलाई उच्च ज्वरो आउँछ । कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको ५ देखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, टाउको असाध्यै दुख्ने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने समस्या हुन्छ । साथै, परजीवीले टोकेको स्थानमा सानो घाँउजस्तो देखिन्छ र क्रमश बढ्दै जान्छ । यो रोगको समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अंगमा संक्रमण फैलिइ बिरामीको मृत्यु हुने चिकित्सक बताउँछन् । 

उच्च जोखिममा को ? 

सामान्यतया यो परजीवी झाडी तथा फोहोर स्थानमा हुने गर्छ । त्यसकारण यसको जोखिममा धेरैजसो कृषिजन्य काम गर्ने मानिसहरू नै पर्दछन् । स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा मुख्यतः झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाँउमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइन्छन् । त्यसै गरी वर्षा याममा पनि शहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो कीराले टोक्ने खतरा रहने भएकाले यो क्षेत्रमा बस्ने मानिसहरूको यो रोगको जोखिम बढी रहन्छ । 

घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सीधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पञ्जा लगाउँदा रोगबाट जोगिन सकिन्छ । 

लक्षण 

– १०५ डिग्रीसम्म ज्वरो आउने । 

– टाउको दुख्ने । 

– जिउ दुख्ने । 

– खोकी लाग्ने । 

– गर्धन र घाँटीवरपर मसिना बिबिरा आउने । 

– धेरै पसिना आउन । 

– परजीवीले टोकेको स्थानमा घाउ देखिने । 

– भोक नलाग्नु । 

– वाकवाकी लाग्नु । 

– शरीर काम्नु । 

– आँखाको म्युकस मेमरेनको संक्रमण हुनु । 

–सास फेर्न समस्या हुनु । 

– शरीर बाउँडिनु । 

– बिरामीको गम्भीरताअनुसार रगतमा प्लेटलेटसको संख्या कम हुनु । 

बच्ने उपायहरू 

– घरवरपरको सरसफाइमा ध्यान दिने । 

–झाडीमा जाँदा लामो बाहुला भएको कपडा तथा गम्बुट लगाउने । 

–व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने। 

– सूक्ष्म जीवहरू (माइट) जस्तै सुलसुले, उपियाँ, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने । 

– घर वरपर झारपात तथा घाँसपात उम्रन नदिने । 

– खुला चौर या बगैँचामा नसुत्ने । 

–लक्षण देखिनासाथ उपचारका लागि जाने । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *