नेपालले जिम्बावे र सिंगापुर सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी खेल्दै

भदौ २१, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे र सिंगापुर सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी शृंखला खेल्ने भएको छ । सिंगापुर क्रिकेट संघको आयोजनामा हुने शृंखला इन्डियन एसोसिएसन मैदानमा सेप्टेम्बर २७ बाट अक्टोबर तीन तारिख सम्म हुने छ ।
सिंगापुर क्रिकेट संघका अनुसार सबै टोलीले एक अर्कासँग दुई/दुई खेल खेल्ने छन् । यसअघि सिंगापुर क्रिकेट संघले यो प्रतियोगिता गर्ने जनाएपनि मिती तय गरेको थिएन । नेपाली टोली ओमानमा हुने पाँच देश सम्मिलित २०–२० प्रतियोगिता पनि खेलेपछिे सिंगापुरबाट नै ओमनतर्फ लाग्ने कार्यक्रम रहेकोछ । ओमनमा हुने प्रतियोगिता अक्टोबर पाँचबाट शुरु हुनेछ ।
जसमा नेपालसहित नेदरल्याण्डस्, आयरल्याण्डस्, हङकङ, ओमानको सहभागिता रहनेछ । नेपालसहित ५ राष्ट्रले आगमी अक्टोबर ५ देखि १० सम्म ओमानमा हुने टि २० सिरिजमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् ।
null
नेपालले ६ अक्टोबरमा हङकङ, ७ अक्टोबर नेदरल्यान्ड, ९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग खेल्ने छ ।








