ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०७६ असोज ४ गते

असोज ४, धरान । धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज ९शनिबार० ४ बजेर ५० मिनेटमा धरान–१३ स्थित अमर हाटमा ना७प १८२५ नम्बरको ट्रकले विपरित दिसाबाट गईरहेको को३७प ७७३ नम्बरको मोटरसाईललाई ठक्कर दिँदा धरान–१३ निवासी रबिन राईका २७ वर्षीय छोरा सबिन राईको मृत्यु भएको हो ।
मृतक राईको शवलाई वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने ठक्कर दिने ट्रक ईलाका प्रहरी कार्यलय धरानको नियन्त्रणमा रहेको छ । ट्रक चालक भने फरार छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
२०७६ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित








