लायन्स क्लब दुहवी र लिओ क्लब दुहवीको संयुक्त पदस्थापना

भदौ २७, काठमाडौं । नवगठित लायन्स क्लब अफ दुहवी र लिओ क्लब अफ दुहवीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।   

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए–वानका डिस्ट्रिक्ट गभर्नर इन्द्र खत्रीले क्लबका पदाधिकारीलाई सपथ गराउँदै लायनवादको मूल मर्म अनुसार आफ्ना परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।   

विभिन्न क्षेत्रमा स्थापित प्रबुद्ध व्यक्ति सहभागी लायन्स क्लब दुहवीले छोटो समयमै आफूलाई अब्बल क्लब सावित गर्नेमा आफू आशावादी रहेको गर्भनर खत्रीले बताए । लायन्स क्लब अफ दुहवीको २०१९/२०२० को अध्यक्षमा रमेशबाबु थापा, उपाध्यक्षहरुमा शिवनारायण उराँव, राजेन्द्र चौधरी, रामकुमार पाठक, सचिवमा आशाराम चौधरी, सह–सचिवमा अविनास चौधरी र कोषाध्यक्षमा राजेश चौधरी लगायत २८ जना सदस्य रहेका छन् ।   

लिओ क्लब अफ दुहवीको २०१९/२०२० को अध्यक्षमा त्रिलोचन तिम्सिना सहित ४७ जना सदस्यहरु रहेका छन् । अग्रज लायन्स भगवती चौधरीले नेपालका लायन्सहरुले गरिरहेका सामाजिक काम सबैका लागि उदाहरणीय भएको बताइन् । 

क्लब दुहवीका २०१८/२०१९ का अध्यक्ष आशनारायण चौधरीले २०१८/२०१९ मा लायन्स क्लब दुहवीले गरेको समाजिक कार्यको गतिविधि प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा लायन्स क्लब स्थापित भइरहेको बताए ।   

उक्त कार्यक्रममा संघ संस्थाका प्रतिनिधहरु लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा क्लब स्थापनामा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *