टिभिएस आरटीआर १६० समस्याको पहाड, कमजोर टायर, बाटो नदेखिने हेडलाइट

भाद्र २३, काठमाडौं ।  भर्खरै नाडा अटो शो सम्पन्न भयो । ६ दिन सम्म भृकूटीमण्डपमा आयोजित सवारीहरुको महामेलामा यहाँहरुले पनि सवारी बुक गर्नुभएको पक्कै होला । यदी छैन र चाडवाडमा सवारी बुक गर्ने सोच बनाइरहनु भएको छ भने अलिकती होस चैं पुर्याउनुस है । यहि बेला हो, सवारी कम्पनीले उपभोक्तालाई आकर्षक स्किम दिएर डिफल्ड देखिएका सवारी भिडाउने ।   

कुरा गरौं, जगदम्बा मोटर्सले भर्खरै ल्याएको टिभिएस आरटीआर २०० र आरटीआर १६० । यी दुइ मोडल दशैंको अवसरमा भारी छुट र स्कीम सहित खरिद गर्ने सोच बनाएका उपभोक्ता अहिले पछुताई रहेका छन् ।   

वर्षकै उत्कृष्ठ मोटरसाईकल भनेर टिभिएसले दावी गरेको टिभिएस आरटीआर १६० सेग्मेन्टकै कमजोर बाइक भएको भारतमा समेत चर्चा छ । भारतीय बाइक रिभ्यूहरुले समेत टिभिएस आरटीआर १६० लाई कम रेटिङ दिएका छन् ।  केहि महिना अघि मात्र नेपाली बजारमा धुमधडाक प्रचारप्रसार गरी भित्र्याइएको टिभिएस आरटीआर १६० स्पीडोमिटर देखि टायर, हेण्डील र चेनस्पोकेट समेत कमजोर रहेको छ ।   

टिभिएस आरटीआर १६० का कमजोरी   

१) बाटो नदेखिने हेड लाइट 

टिभिएस आरटीआर १६० को हेडलाइटमा समस्या छ । तपाई नाइट ड्राइभ गर्नुहुन्छ त्यसमाथि लङ ड्राइभमा भने टिभिएस आरटीआर १६० कुदाउँदै नकुदाउनुस । यसको नाइट भिजिविलिटी अत्यन्त कमजोर रहेको छ । 

२) ल्याक अफ टर्क 

टिभिएस आरटीआर १६० को अर्को कमजोर पक्ष भनेको यसको टर्क हो । टिभिएस बाइकको यो सेग्मेन्टमा पावर र टर्कको कम्बिनेशन ठिक छैन । बाइकको पावर ज्यादा हुँदा टर्क कमजोर छ । यहि सेग्मेन्टमा आएका बजाजको एनएस २०० र हर्नेटमा टर्क र पावरको बेजोड कम्बिनेशन छ । टिभिएस आरटीआर १६० र २०० सिसिमै समस्या छ ।   

३) हेण्डलबार 

टिभिएस आरटीआर १६० को कुरा गर्दा यसको अर्को कमजोर पक्ष हो हेण्डरबार । तपाई लङ ड्राइभ गइरहनु हुन्छ भने, टिभिएस आरटीआर १६० र २०० सिसि कुदाउँदै नकुदाउनुस । बाइकमा प्रयोग गरीएको सिंगल हेण्डलबारले तपाईलाई थोरै यात्रामा थकान दिन्छ । बाइकको सिट पोजिसन ठिक भएपनि कुदाउँदा भारी हुन्छ । बाइक आरामदायी पटक्कै छैन ।   

स्टाव्लिटी छैन   

टिभिएस आरटीआर १६० को अर्को कमजोर पक्ष हो यसको स्टाविलिटी अर्थात् तपाई बाइक कुदाई रहनु भएको छ । याद गर्नुहोस बाइक एकनासले कुदिरहेको छैन । कम्तिमा ५० को स्पिडमा बाइक कुदाउँदा दायाँ बायाँ हल्लिइरहेको छ भने सम्झनुस तपाईको बाइकमा समस्या छ । यो समस्या टिभिएस आरटीआर २०० सिसिमा पनि छ ।   

चेन स्पोकेटमा समस्या 

टिभिएस आरटीआर १६० को चेन यति कमजोर छ कि तपाई राजधानीको सडकमा बाइक कुदाउनु हुन्छ भने १२–१३ हजार किलोमिटर नकुदी तपाईले चेन स्पोकेट फेर्नुपर्ने अवस्था आउँछ । टिभिएसका कुनैपनि बाइकमा चाँडो चेनस्पोकेट जाने समस्या छ । १५० सिसिको बजाज पल्सरको चेन २५ हजार किलोमिटर कुद्दा फेर्नुपर्ने अवस्था आउँदा टिभिएस आरटीआर १६० को १५ हजार पनि मुस्किलले कुद्छ ।   

टिभिएस टिभिएस आरटीआर १६० यस अघि सुजुकीले ल्याएको फियरोबाट प्रभावित बाइक हो । यसमा प्रयोग गरीएको इन्जिन फियरोकै मोडलबाट परिमार्जित हुँदै आएकोले पिकअपमा पनि समस्या छ । १४५ किलोग्राम क्षमताको यो बाइक आरटीआर प्रविधिमा तयार पारीएको भनिएपनि बाइक राइडर्सले त्यसको अनुभूत गर्न सक्दैनन् ।   

कमजोर टायर 

टिभिएस आरटीआर १६० को फ्रन्ट टायर ९० १७ को हुँदा रियर टायर ११० १७ को छ । यो ड्रम्प ब्रेक भेरियन्टको टायर हो । जवकी यो सेगमेन्टको बाइकमा फ्रन्ट टायर ११० १७ को हुनुपर्दथ्यो । अगाडीको टायर सानो भइदिँदा तपाई ५० किलोमिटर भन्दा माथिको स्पिडमा बाइक कुदाउँदा असहज महशुष गर्नुहुन्छ । टिभिएसका कुनैपनि टायरमा ग्रीप नहुँदा दुर्घटनाको कारण बन्न सक्छ । टायर चाडै चेञ्ज गर्नुपर्ने समस्या छ । नर्मल एमएफआर टायरभन्दा पनि टिभिएसको टायर कमजोर रहेको छ ।   

ज्यादा भाइब्रेसन 

टिभिएस आरटीआर १६०  होस वा २०० सिसि दुवैको भाइब्रेसन अत्याधिक छ । नेपालमा आएका टिभिएसका अधिकांश बाइकमा आउने यो प्रमुख समस्या हो ।   

खर्चालू बाइक 

टिभिएस आरटीआर १६०  होस वा २०० सिसि यी दुवै बाइक अत्यन्त खर्चालू छन् । त्यसो त टिभिएसका सबै सवारी साधनको पाटपुर्जा अत्याधिक महंगो छ । यी दुई बाइकमा प्रयोग हुने चेनस्पोकेट, टायर, लगायत अन्य पाटपुर्जा महंगो मात्र हैन भनेको समयमा आधिकारिक सर्भिस सेन्टरमा समेत छैनन् ।   

माइलेज जिरो   

दुई पाङ्ग्रे सवारी अधिकांश मध्यम वर्गले प्रयोग गर्ने साधन हो । राजधानीमा ५० प्रतिशत मान्छे बाहिरी जिल्लाबाट आएर कोठा भाडामा बस्ने गर्दछन् । उनीहरुले चढ्ने बाइकले बढि मात्रामा माइलेज दियोस भन्ने चाहना हुन्छ । तर, तपाई टिभिएसका बाइकबाट माइलेज खोज्दै हुनुहुन्छ भने त्यो मुर्खता मात्र हो । टिभिएस १६० माथिका बाइकले न्यूनतम ३० देखि ३५ किलोमिटर माइलेज दिन्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *