दशैं तिहारका लागि टिकट बुकिङ् आजदेखि खुल्यो, सवारी साधनले देशभरका लागि रुट इजाजत पाउने

असोज ५, काठमाडौँ । दशैंमा घर जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै आज (आज)देखि टिकट बुकिङ खुल्ला गरिएको छ । काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्ला जाने यात्रुहरुका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।   

दशैं तिहारजस्ता चाडपर्वमा काठमाडौँबाट देशका विभिन्न जिल्ला जाने यात्रुको संख्या अत्याधिक हुने भएकाले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको  विभाग महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागका अनुसार यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला गरिने भएको छ ।   

सीमित रुट इजाजत पाएका सवारी साधन पनि देशभर चल्न पाउने विभागले जनाएको छ । विभागका महानिर्देशक हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गर्नका लागि गृहकार्य भइरहेको पनि बताए । रुट खुल्ला भएपछि दशैंमा घर जाने यात्रुहरुलाई सवारी साधनको कमी नहुने विभागको विश्वास छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =