दिपेन्द्र कँडेलले बनाए छायाँ सरकार, योगेशको मन्त्रालयमा दाबी

भदौ २७, काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले छायाँ सरकार बनाएका छन् ।   

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कँडेलले सकारको राम्रो कामको समर्थन र गलत कामको विरोध गर्नका लागि छायाँ सरकार बनाएको घोषणा गरेका हुन् ।   

उनले भने, ‘नयाँ राजनीतिक एजेन्डामा गएर देशलाई अस्थिर बनाउनु भन्दा एउटा थिंक ट्याङ्क बनाउनु ठिक हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले पनि यस्तै भन्नु भएको थियो, तर उहाँको आलोचना गरियो । मैँले त्यसैका लागि नै छायाँ सरकार बनाएको हुँ । म सरकारका कामको खुलेर विरोध गर्नेछु ।’ 

उनले नेपाल सरकारको गलत कामको भण्डाफोर र सही कामको समर्थनक गर्नका लागि उनले नागरिक उड्डयन क्षेत्रको जिम्मेवारी लिएको पनि दाबी गरे । उनले भने, ‘म नागरिक उड्डयन क्षेत्रको सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी लिएको घोषणा गर्दछु । गीतामा हात राखेर उक्त मन्त्रालयको पदभार ग्रहण गरेको पनि घोषणा गर्दछु ।’ 

साथै उनले पूर्व लडाकू लेलिन विष्टलाई नेपालको मुद्दा विदेशमा नपुर्याउन पनि सुझाव दिए । लेलिन विष्टलले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई लगायतलाई अन्तर्राष्ट्रिय अदालत हेग पुर्याउने कुरा अघि सारिरहँदा कँडेलले नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण नगर्न सुझाव दिएका हुन् ।   

‘जसले गल्ती गरेको छ, नेपालमै समाधान गरौँ । अन्तर्राष्ट्रिय अदालत लगेर आफ्नो देशको बेइज्जत किन गराउने ? हामी त मरेर जाउँला । तर भोलि हाम्रा छोरा, नातिले नेपाली भन्नुपर्छ । कसैले नेपालको प्रधानमन्त्री हेगमा छ भन्ला नि फेरि । त्यसकारण यतातिर नलागौँ । सबै मिलेर देश बनाऔँ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =