कप्तान पारसको ऐतिहासिक शतकमा नेपालकाे शानदार जीत

एजेन्सी । त्रिकाेणात्मक सिरिजमा नेपालले शानदार जीत निकालेकाे छ । कप्तान पारस खड्काकाे उत्कृष्ट शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरलाइ उसकै घरमा पराजीत गर्याे । नेपाली कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको हाे । यो नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो । 

पारसले ४९ बलमा शतक प्रहार गरे । यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरे । पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरेका हुन् । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे । 

१ सय ५२ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा लक्ष्य पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए । त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए । 

यो विकेटको हिसावले नेपालले हात पारेको टि२० आईमा सबै भन्दा ठूलो जित समेत हो । त्यस्तै आरिफ शेखले ३८ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे । कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी गरे । जुन टि२० आईमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो । ओपनर इशान पाण्डे ५ रनमा आउट भए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान टिम डेविड ४४ बलमा ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । जनक प्रकाश १८ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे । नेपाललाई पहिलो सफलता चौथो ओभरको पहिलो बलमा करण केसीले दिलाए । करणले ओपनर रोहन रंगराजनलाई विकेटकीपर बिनोद भण्डारीबाट ६ रनमा क्याच आउट गराए । 

टि२० आईमा डेब्यू गरेका सुसन भारीले ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई ३५ रनमा बोल्ड आउट गरे । नवौं ओभरको पहिलो बलमा सुसनले बोल्ड आउट गर्नु अघि चन्द्रमोहनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । करणले १५ ओभरको तेस्रो बलमा विकेटकीपर मनप्रित सिंहलाई १५ रनमा एलवी डब्लू आउट गरे । नेपालका लागि करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । 

टि२० मा डेब्यू गरेका सुसन भारीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिदा कुनै विकेट लिएनन् । अभिनाश बोहोराले ३ ओभरमा १६ रन खर्चिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *